‘सभापति देउवाको सहमतिमा कार्कीलाई मुख्यमन्त्री बनाइएको हो’

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ११ महिना अगाडि

मोरङ ।नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको सहमतिमा केदार कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री बनाइएको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता कोइरालाले कोशी प्रदेशको तत्कालीन परिस्थितिलाई दृष्टिगत गरी प्रदेशसभा सदस्य कार्कीको नेतृत्वमा रकार निर्माण गरिएको बताउनुभयो ।

उहाँले कोशी प्रदेश सरकार गठनबाट सङ्घीय र वाग्मती सरकारलाई कुनै असर नपर्ने बताउनुभयो । कोशी प्रदेश सरकारमा अहिले सहभागी दलले निरन्तरता पाउने बताउँदै नेता कोइरालाले आवश्यकताअनुसार तिहार अगाडि सरकार विस्तार हुने जानकारी दिनुभयो ।

उहाँले संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार नहुनु संवैधानिक त्रुटी भएको टिप्पणी गर्नुभयो ।