प्रधानमन्त्रीले भेटे शर्मा नेतृत्वको टोलीलाई, सरकारले सोही कार्यसमितिलाई वैधता दिने संम्भावना

Dipak Pudasaini Banner Headline with Image , Business/अर्थ ब्यापार , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , प्रवास , १ वर्ष अगाडि

काठमाण्डौ, ६ कार्तिक । आर के शर्मा नेतृत्वको गैरआवासीय नेपाली सङ्घ(एनआरएनए) ले आज प्रधामन्त्री पुष्पकमल दहाल सँग बालुवाटारमा भेट गरेको छ । भेटका क्रममा सरकारले आफ्नो कार्यसमितिलाई वैधता दिने पक्का भएको शर्मा समूहले जनाएको छ ।

२ कार्तिकमा सँम्पन्न चुनावी परिणामले बद्री केसीको अध्यक्षतामा कार्यसमिति चयन गरे पनि अध्यक्षका प्रत्याशी द्धवय आरके शर्मा र महेश केसीले सिस्टम ह्याक गरेर चुनाव जितेको भन्दै आफूहरूलाई मान्य नहुने चेतावनी दिएका थिए । १५ दिन भित्र मतदानका क्रममा भएको कमजोरी पत्ता लगाई निर्बाचन परिणाम सार्बजजनिक गर्ने ३ अध्यक्षको बिज्ञप्ती सार्बजनिक भएको २४ घण्टा पनि पुरा नहुँदै बद्री केसी समूहले शपथ लिएपछी सोहि दिन शर्माको समूहले शर्माको अध्यक्षतामा फरक कार्यसमिति चयन गरेको थियो ।

भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालको आर्थिक विकास र समृद्धिमा गैरआवासीय नेपालीहरूको भूमिका आवश्यक भएको भन्दै त्यसका लागि सरकार सहजीकरणका लागि तयार रहेको बताउनुभएको थियो। प्रचण्डले आरके शर्मा नेतृत्वको कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामनासमेत दिनुभएको छ । ‘एनआरएनए अभियान एकताबद्ध भएर अगाडि बढ्छ भन्नेमा म विश्वस्त छु’, प्रम प्रचण्डले भन्नुभयो ।

प्रधानमन्त्री सँगको यस भेटबाट सरकारले आरके शर्मा नेतृत्वको एनआरएनए कार्यसमितिलाई वैधता दिएको सन्देश दिएको छ । भेटमा शर्माले सङ्घ सरकारसँगको सहकार्यमा काम गर्न तयार रहेको र २४ महिने कार्यकालमा २४ वटा काम गर्ने वाचा दोहोरर्याउनु भएको थियो ।
प्रधानमन्त्री प्रचण्डसँगको भेटमा एनआरएनए अध्यक्ष शर्मासहित पूर्वअध्यक्ष कुल आचार्य, सल्लाहकार महेश श्रेष्ठ लगायत अभियन्ताहरू सहभागी थिए । शर्मा नेतृत्वको कार्यसमितिले यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री डाक्टर प्रकाशशरणमहत लगायतसँग भेटवार्ता गरिसकेको छ ।