यूराेप भ्रमण स्थगित गर्दै राष्ट्रपति पाैडेल पुगे भूकम्प प्रभावित क्षेत्र

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , १० महिना अगाडि

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलकाे यूराेप भ्रमण तत्कालका लागि स्थगित भएकाे छ ।भूकम्पपछि मुलुकमा आाइपरेको प्राकृतिक विपत्तिको अवस्थामा मुलुक बाहिर जानु उपयुक्त नभएकाले राष्ट्रपति पौडेलले यही कात्तिक २२ गतेदेखि तय भएको आफ्नो युरोप भ्रमण स्थगित गरेका हुन्। कात्तिक २२ देखि १० दिनका लागि फ्रान्स,जर्मनी र इटालीकाे भ्रमण गर्ने तालिका थियाे ।

यसैबीच, राष्ट्रपति पौडेल आज भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाँदैछन् । गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित क्षेत्रका नागरिकको अवस्था बुझ्न राष्ट्रपति पौडेल आज त्यस क्षेत्रमा जान लागेकाे राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने भूकम्प गएकाे भाेलिपल्टै विहान राहत सामग्री बाेकेर प्रभावित क्षेत्र पुगेका थिए । पीडितहरूले भने अहिलेसम्म पनि राहत सामग्री नपाएकाे गुरासाे गरेका छन् । जाजरकाेटमा गत शुक्रबार ६.४ म्याग्निच्युडकाे भूकम्प गएकाे थियाे । भूकम्पमा परी १ सय ५३ जनाकाे मृत्यु भएकाे थियाे भने थुप्रै व्यक्ति घाइते भएका थिए ।