जोशीको रिहाइमा सहयोग गर्न कतार सरकारलाई नेपालका परराष्ट्रमन्त्रीको आग्रह

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , प्रवास , ११ महिना अगाडि

काठमाडौँ, ८ मँसिर । नेपालका परराष्ट्रमन्त्री एनपी साउदले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार सरकारसँग आग्रह गरेका छन् । नेपाल भ्रमणमा रहेका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अलमुखैरीसँग आज सिंहदरबारमा भएको भेटमा उक्त आग्रह गरेका हुन ।
भेटमा मन्त्री साउदले विद्रोही हमासले रिहा गर्न लागिएको भनिएका ५० जनाको समूहसँगै जोशीको रिहाइ गराइदिन विशेष अनुरोध गरेको साउदका प्रमुख स्वकीय सचिव दीपकराज जोशीले बताए । २ दुइदिने नेपाल भ्रमणमा आएका कतारका बिदेश राज्मन्त्री अल मुखैरी आज स्वदेश फर्कने कार्यक्रम छ ।