भुटानी शरणार्थी काण्ड : कसुर पुष्टि हुने नदेखिएको भन्दै एमाले सचिव टोपबहादुरका छोरा सन्दीपलाई ३० लाख धरौटीमा छाड्ने आदेश

NewsBankNepal MainNews/प्रमुख समाचार , News/समाचार , ११ महिना अगाडि

काठमाडौं, १५ मंसिर। नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षकालागि थुनामा रहेका पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई धरौटीमा छाड्न आदेश भएको छ ।

उच्च अदालत, पाटनले शुक्रबार उनलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।अभियोग दाबीबाट कसुर पुष्टि हुने नदेखिएको भन्दै उनलाई छाड्ने आदेश भएको हो ।