जाडाेमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयकाे आग्रह

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , १ वर्ष अगाडि

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडाेमा आगो ताप्दा, हिटर बाल्दा वा गिजरको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।

जाडोयाममा शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्ने लगायतका उपायहरु गरिए पनि पर्याप्त सावधानी नअपनाउँदा अप्रिय घटनाहरु हुने भएकाले मन्त्रालयले यस्तो आग्रह गरेको हो । 

आगो ताप्दा, हिटर बाल्दा वा गिजर प्रयोग गर्दा हावा ओहोरदोहोर हुने ठाउँमा बाल्न मन्त्रालयको आग्रह छ । कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नताप्न मन्त्रालयको सुझाव छ । 

आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामग्री नजिकै नराख्न र आगो तापिसकेपछि पूर्णरुपमा निभाउन मन्त्रालयले अनुरोध गरेको छ ।