प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , २ वर्ष अगाडि

काठमाडाैं । प्रमुख तीन दलका शीर्ष नेताहरुबीच छलफल भएकाे छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे आह्वान आइतबार बिहान बालुवाटारमा भएकाे बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसहित ती दलका अन्य नेेताहरु पनि सहभागी भए ।

सङ्क्रमणकालीन न्याय (टीआरसी)को विषयमा छलफल केन्द्रित रहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई टुंगोमा पुर्‍याउन नेताहरू छलफलमा जुटेका हुन् ।