काठमाण्डौ, १५ पुस । देश युवा बिहिन हुँदै गएकोमा कागेश्वरी मनोहरा नगर पालिकाका प्रमुख उपेन्द्र कार्कीले चिन्ता ब्यक्त गर्नु भएको छ । कागेश्वरी दुग्ध उत्पादन सहकारी सँस्थाको १६ औ बार्षिक साधारण सभामा बिशेष अतिथिको रुपमा बोल्दै नगर प्रमुख कार्कीले भन्नु भयो “देशमै उत्पादनमा लाग्नु पर्ने युवा हातहरु आज बिदेशि भुमिमा पौठेजोरी खेल्दै छन । म देशमै परिवार सँग बसेर केहि गर्न सक्छु भन्ने भाबनानै हराउन थालिसक्यो । अब यो अबस्थाको अन्त्य हुनुपर्छ ।” नगर प्रमुख कार्कीले नगरका कृषकलाई पशुपालन, कृषी, तथा अन्य ब्यबसायको लागी सहयोग गर्ने निति अबलँम्बन गरिरहेको पनि जानकारी दिनुभयो । उहाँले भन्नुभयो “अब हामी आयात गरेर खाने हैन खाएर पनि निर्यात गर्ने गरी ब्यबसायीक बन्नूपर्छ ।
यसकालागी नगर पालिकाले एक सहकारी एक उधम योजना अगाडी बढाएको छ । बचतको ५ प्रतिशत उधममा लगाउनू पर्ने नियम लगाएकोले नगर भित्र सन्चालमा रहेका ९२ सहकारीले ९२ उधम सन्चालन गर्ने र यसले नगरलाई समृद्ध तथा नागरीकलाई उधमी बनाउने छ । त्यसैगरी हामी कृषीलाई कसरी परम्परागत बाट ब्यबसायीक बनाउन सकिन्छ भनेर निरन्तर छलफलमा मात्रै छैनौ,ब्यबसायीक किसानलाई आबश्यक सहयोग समेत गरिरहेका छौ ।”
सँबिधान सभा सदस्य तथा बागमती प्रदेशका पुर्ब मन्त्री रामेश्वर फूँयालले कागेश्वरीका उत्पादनलाई ब्राण्डिङ गरिनु पर्नेमा जोड दिनु भयो । काठमाण्डौ भित्र गागलफेदी कृषी र पशुपालनमा अब्बल रहेको बताउँदै यहाँको कुरौनी देखी कोदो सम्म तथा गुन्दु्रक देखी लप्सी सम्मको ब्यबसायीक उत्पादन तथा ब्राण्डिङ गर्नुपर्नै, त्यसका लागी कृषकलाई तिनै तहका सरकारले सहयोग र प्रोत्साहन गर्नुपर्नेमा जोड दिनु भयो । पुर्बमन्त्री फूँयालले लम्कि स्किन रोगले मरेका गाइहरुको क्षतिपुर्ति सरकारले दिने घोषणा गरेपनि हालसम्म पनि नदिएकाले आफूहरु त्यसकालागी आन्दोलनमा होमिन लागेको जानकारी दिनूभयो । सकारात्मक चेतनाले मात्रै सँम्पन्नता ल्याउँछ भन्दै उहाँले कृषकलाई उत्पादनका आधारमा सरकारले अनुदान दिनूपर्नेमा जोड दिनूभयो ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नँ १ का अध्यक्ष मुकुन्द गजुरेलले सहकारीलाई शुभकामना दिदै कृषकलाई ब्यबसायीक रुपमा अगाडी बढाउन सहकारीले सहयोग गर्नु पर्नेमा जोड दिनुभयो । कृषकलाई पश ुबिमा तथा स्वास्थ बिमा गर्न आग्रह गर्दै अध्यक्ष गजुरेलले ब्यबसायीक किसानलाई वडा तथा नगरले समेत सहयोग गर्ने आश्वासन दिनुभयो ।
१६औ बाषिक साधारण सभामा प्रतिबेदन पेश गर्दै कागेश्वरी दुग्ध उत्पादन सहकारी सँस्थाका अध्यक्ष रबि शरण थापाले २०८९ ८० मा गरेका आर्थिक क्रियाकलाप सार्बजनिक गर्नुका साथै आगामी बर्षको योजना प्रस्तुत गर्नु भएको थियो । अध्यक्ष थापाका अनुसार सहकारीले आगामी बर्ष दुग्ध उधोग सन्चालन गर्ने, नगर पालिकाका ९ वटै वडामा बिक्रि केन्द्र बिस्तार गर्ने, सँकलन केन्द्र बिस्तार गरी हाल सँकन भइरहेको दैनिक १ हजार ५ सय लिटरलाई बढाएर २ हजार लिटर पुर्याउने, कृषकलाई शुलभ कृषी कर्जा उपलब्ध गराउने, पशु आहार बिक्रि केन्द्र खोल्ने, नगर पालिका तथा वडाको सहकार्यका बाँझो रहेका निजि तथा सार्बजनिक जग्गामा घाँसखेती गर्ने, कृषकलाइ उत्पादनका आधारमा प्रोत्साहन तथा पुरस्कृत गर्ने लगायतका छन ।
उत्कृष्ट ३ कृषकलाई नगद सहित सम्मान गरिएको साधारण सभामा सँस्थाका कोषाध्यक्ष एबँ ब्यबस्थापक कुमार फुँयालले आर्थिक प्रतिबेदन पेश गर्नु भएको थियो ।
सचिब राज कुमार चौलागाँइले सन्चालन गरेको साधारण सभालाई भेटेनरी अस्पताल ललितपुरका डा. राम प्रसाद प्रधान, डेरी एसोसियसनका अध्यक्ष प्रल्हाद दहाल, प्रसिद्धि एग्रो फर्म दाङका सन्चालक सरोज शर्मा, शिखर इन्सुरेन्स शाखा थलीका प्रमुख उत्तम पुडासैनी, कुमारी बैँक आलापोटका शाखा प्रमुख अनिल ढकाल, कागेश्वरी मनोहरा नगर पालिका पशु शाखा प्रमुख राम बहादुर देउजा, तथा तत्कालिन गागलफेदी गाबिसका अध्यक्ष बिश्वराज श्रेष्ट लगायतले शुभकामना ब्यक्त गर्नु भएको थियो ।