गौशाला-२६ काे तस्बिर सार्वजनिक गर्नेलाई रास्वपाले गर्‍याे कारबाही

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ महिना अगाडि

काठमाडौँ, २६ पुस । जबरजस्ती करणीमा परेकी युवती ‘गौशाला २६’ले व्यक्तिगत गोपनियता भङ्ग गरेको भन्दै नाम र तस्बिर सार्वजनिक गर्ने विरुद्ध नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोमा आज उजुरी दिनुभएको छ ।

ब्यूरोका प्रवक्ता पशुपतिकुमार रायले व्यक्तिगत गोपनीयता भङ्ग गरेको आरोपमा जाहेरी परेको र अनुसन्धान सुरु गरिएको जानकारी दिनुभयो । गौशाला २६ बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेबाट पीडित युवती हुनुहुन्छ । काठमाडौँ जिल्ला अदालतले बुधबार लामिछानेलाई उक्त मुद्दामा आठ वर्ष कैद र जरिवाना र क्षतिपूर्तिस्वरुप ५ लाख तिर्नुपर्ने फैसला गरेको थियो ।

तस्बिर सार्वजनिक गर्ने दिवस सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवास नेपाली विभाग जापान च्युबू शाखा समितिका सदस्य हुन् । पीडित युवतीको पहिचान सार्वजनिक गरेको भन्दै रास्वपाले सापकोटालाई पदीय जिम्मेवारीबाट निलम्बन गरिसकेको छ ।