काठमाण्डौ, ५ माघ । ओस्कार अर्वाडमा सिफारिस भएको चलचित्र ‘झोला’ का निर्देशक यादब भट्टराईले तेस्रो चलचित्र झिल्को बनाउने भएका छन । झोला पछी अर्को सफल चलचित्र ‘भोर’ निर्दैशन गरिसकेका पुर्ब सँचारकर्मी भट्टराईले हिजो गुह्यश्वरीमा झिल्कोको शुभ मुहुर्त गरेका हुन ।
सामाजिक कथावस्तुमामा आधारीत झिल्कोमा उनले मुख्य भुमिकामा अभिनेता सुनिल पोखरेल, वर्षा सिवाकोटी लाई लिएका छन भने भोलाराज सापकोटा, विशाल पोखरेल र आयुषी ढकाल लगायतको अभिनय रहने जानकारी प्राप्त भएका छ ।
मिडीया फर कल्चर प्रालीको प्रस्तुती रहेको झिल्कोको पटकथा तथा सँबाद अरुणदेब जोशी र देबब्रत सँग मिलेर भट्टराईलेनै तयार गरेका हुन भने आनन्द अधिकारीको गित र दिपक बज्राचार्यको छायाँङ्कन रहने छ । नगेन्द्र घिमिरेको प्रोडक्सन डिजाइन रहेको झिल्कोमा सँगित चण्डी प्रसाद काफ्लेको रहने निर्देशक भट्टराईले जानकारी दिएका छन । चलचित्रको छायाँङ्कन आगामी माघ २२ गते देखी काठमाण्डौको बिभिन्न स्थानमा हुने छ ।