अरूण चाैधरीलाई चार दिन हिरासतमा राख्न अनुमति

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , २ वर्ष अगाडि

काठमाडाैं । बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका व्यापारी अरुण चौधरीलाई चार दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीका अनुसार जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले चौधरीलाई चार दिन हिरासतमा राख्नका लागि म्याद थप गरेको हो ।

प्रहरीले चौधरीलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अदालतबाट म्याद मागेको थियो ।चौधरीलाई लाजिम्पाटबाट पक्राउ गरिएको थियो ।  चौधरी सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक हुन् ।

यस्तै, प्रहरीले बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना गरेको आरोपमा तत्कालीन अध्यक्ष अजितनारायणसिंह थापालाई पनि पक्राउ गरेको छ ।