नेरेसो काठमाण्डौको साधारण सभा सँम्पन्न, बझाङमा बिधालय भबन बनाउने

Dipak Pudasaini Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , प्रदेश , स्वास्थ्य , ११ महिना अगाडि

काठमाण्डौ, २० माघ । नेपाल रेडक्रस सोसाइटी काठमाण्डौ जिल्ला शाखाको ४४ औ साधारण सभा सँम्पन्न भएको छ । पौराणिक, धार्मिक एबँ पर्यटकिय स्थल कागेश्वरीको लोकतान्त्रीक शहिद पार्कमा सँम्पन्न अबिधेसनको उद्घाटन कागेश्वरी मनोहरा नगर पालिकाकाका प्रमुख उपेन्द्र कार्कीले गर्नु भएको थियो ।


प्रमुख अतिथिको आसनबाट बोल्दै नगर प्रमुख कार्कीले नेपाल रेडक्रस सोसइटीको मानबियकार्यको खुलेर प्रशँसा गर्नु भएको थियो । उहाँले भन्नु भयो नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखाको पहल तथा आग्रहमा नगरपालिकाले नगरवासीलाई आबश्यक रगत निशुल्क उपलब्ध गराउन थालेको छ । केहि समय भित्रै टेण्डर भई मुलपानीमा रक्तसँचार केन्द्र सन्चालनमा आउने छ ।

साथै नगरपालिकाले जग्गा ब्यबस्थापन गरिसकेकोले मुलपानीमै रेडक्रसको आफ्नै भबन सहित बिपद् ब्यबस्थापन पार्क बन्ने छ । मात्रै यो बिसुद्ध मानबिय सँस्थामा राजनिती तथा लोभिपापी घुस्न र सँकिर्ण स्वार्थले रेडक्रसको भाबना डगमगाउन भएन ।


नेपाल रेडक्रस सोसाइटी कागेश्वरी उपशाखाको आतिथ्यतामा भएको साधारण सभामा जिल्ला सभापती श्यामकाजी डोटेलले बार्षिक प्रतिबेदन पेश गर्दै बझाङको थलरामा बिधालय भबन बनाउने घोषणा गर्नु भयो । गएको भुकम्पले थलरा गाउँ पालिका ९ स्थित भवानी आधारभुत बिधालय भत्किएको र बिधार्थी चौरमा बसेर पढ्न बाध्य भएको भन्दै सभापती डोटेलले बिधालय तथा क्याम्पसहरुका जुनियर तथा युवा रेडक्रस सर्कलले एक दिनको खाजा खर्च कटाएर उठाएको रकममा नपुग रकम जिल्लाबाट थप गरी ३ कोठे बिधालय भबन बनाउन लागेको जानकारी दिनुभयो ।


रक्तदानका अतिरिक्त जिबन सुरक्षा तथा मानबियकार्य समेत रेडक्रसले गर्दै आइरहेको भन्दै जिल्ला सभापती डोटेलले हरेक बर्ष नेपालमा सडक दुर्घटनामा २५ सय भन्दा बढीको मृत्यू हुने गरेकोले स्थानिय सरकार सँगको सहकार्यमा सडक सुरक्षा सँम्बन्धि जनचेतना कार्यक्रम गर्न लागेको पनि जानकारी गराउनू भयो ।


नेपाल रेडक्रस सोसाइटी कागेश्वरी उपशाखाका सचिब सहदेब केसीले स्वागत गर्नु भएको साधारण सभालाई वड नँ १ का अध्यक्ष मुकुन्द गजुरेल, नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय सदस्य बिष्णु नेपाल, बागमती प्रदेशका उप महासचिब राजेन्द्र बाँनियाँ, बिन्देश्वरी हाडा लगायतले सँबोधन गर्नु भएको थियो ।