पाल्पा जीप दुर्घटनामा मृत्यु हुनेकाे संख्या १० पुग्याे

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ महिना अगाडि

पाल्पा,१ फागुन । पाल्पाको तिनाउ गाउँपालिका ६ चिदिसमा जीप दुर्घटना हुँदा आठ जनाको घटनास्थालमै मृत्यु भएको छ । पाल्पाको डुम्रे बजारबाट शिखर डाँडा जाँदै गरेको लु १ ज २३७१ नंम्बरको यात्रुबाहक जीप साँझ पाैने ५ बजे चिदिस भन्ने ठाउँमा दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

जीप भिरालो उकालो सडकमा दुर्घटना भएका कारण उद्धारमा कठिनाई हुनुका साथै अझै केही शव हराई रहेकोले मृतकको संख्या अझै बढ्न सक्ने जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख हेरम्ब शर्माले बताए । मृतककाे पहिचान खुल्न सकेकाे छैन ।घटनास्थलमा स्थानिय बासिन्दा, नेपाली सेना, सशस्त्र प्रहरी, प्रभास प्रहरी र ट्राफिक प्रहरीले उद्धार कार्य जारी राखेका छन् ।केही घाइतेलाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास लगिएकाे छ ।