काठमाण्डौ, २१ फागुन । नयाँ सत्तागठबन्धनमा सहभागी हुन मधेस केन्द्रित दलहरुले प्रदेमा मुख्यमन्त्री र केन्द्रमा राम्रो मन्त्रालयको ढोक्सा थापेका छन । सिके रावत नेतृत्वको जनमत पार्टीले मधेस प्रदेशमा मुख्यमन्त्री र संघीय सरकारमा राम्रो मन्त्रालय माग गरेको छ भने उपेन्द्र यादबको जनता समाजवादीले मधेश प्रदेशमा मुख्यमन्त्रीको निरन्तरता र संघीय सरकारमा राम्रो मन्त्रालय दाबी गरेको छ । त्यसैगरी रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले सुदूर पश्चिम प्रदेशमा मुख्यमन्त्री र संघीय सरकारमा राम्रो मन्त्रालय चाहिने बताएका छन ।