सुन तस्करी प्रकरणमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ९ महिना अगाडि

काठमाडाैं,५ चैत । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ । महरालाई कपिलवस्तुको मायादेवी गाउँपालिकाको पकडीबाट नियन्त्रणमा लिइएको हो।
सुन तस्करीबारे छानबिन गर्न गठित आयोगले पूर्वसभामुख समेत रहेका महरालाई आइतबार मुद्दा चलाउन सिफारिस गरेको थियो । तस्करीको सुन प्रकरणबारे सत्य तथ्य पत्ता लगाउन गठित जाँचबुझ आयोगले महरासँग यस अघि बयानका लिएको थियो ।महराका छोरा राहुल महरा गत यसअघि नै पक्राउ परिसकेका छन् ।

भेपमा लुकाएर नौ केजी सुन तस्करी गरिएको प्रकरणमा महरासहित विभिन्न व्यक्तिहरूविरुद्ध मुद्दा परेको छ।

यसैबीच, नेपाली कांग्रेसले सुन काण्डमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेपछि सरकारलाई धन्यवाद दिएको छ। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सुन काण्डमा मुछिएकाहरू कसैलाई पनि छाड्न नहुने बताए।