पेट्रोल लिटरमा ४ रुपैयाँ बढयो

NewsBankNepal Banner Headline with Image , Business/अर्थ ब्यापार , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ९ महिना अगाडि

काठमाडाैं । नेपाल आयल निगमले पेट्रालको मूल्य बढाएको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य बढाइएको छ ।
अब पेट्रोल एक लिटरको १७५ रुपैयाँ पर्नेछ । इण्डियन आयल कर्पोरेसनले पठाएको नयाँ खरिद मुल्यअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ७६ पैसा बढेको र डिजेल र मट्टितेलमा ३९ पैसा घटेको छ ।यस्तै एलपी ग्यासमा प्रतिसिलिण्डर २७ रुपैयाँ ४४ पैसा मूल्य घटेर आएको छ ।तर निगमले डिजेल, मट्टितेल र खाना पकाउने ग्लपी ग्यासको मूख्य भने यथावत नै रहेको जनाएको छ ।