काठमाडाैं । सत्ता समीकरण फेरिएसँगै नागरिक उन्मुक्ति पार्टी (नाउपा)काे विवाद उत्कर्षमा पुगेकाे छ ।विशेष गरी पार्टी अध्यक्ष रञ्जिता र संरक्षक रेशम चौधरीबीच विवाद बढेको छ । दुई श्रीमान् श्रीमतीबीचकाे विवादले पार्टीलाइ फुटकाे डिलमा पुर्याएकाे छ । रन्जिताले वर्तमान सत्ता गठबन्धनलाई समर्थन गरे पनि उनका पति रेशम त्यसको विपक्षमा छन् ।
यसैबीच,अध्यक्ष रञ्जिता श्रेष्ठले गण्डकी र बागमती प्रदेशका अध्यक्षलाई पार्टीबाट निष्कासन गरेकी छन् ।पार्टीका संस्थापक केन्द्रीय सदस्यहरू रामलाल डगौरा थारु र रमेश विश्वकर्मालाई कुटपिट तथा अभद्र व्यवहार गरेको भन्दै अध्यक्ष श्रेष्ठले गण्डकी प्रदेशका अध्यक्ष राजन गुरुङ र बागमती प्रदेशका अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई पार्टीबाटै निष्कासन गरेको पत्र पठाएकी हुन् ।सोमबार पार्टी केन्द्रीय कार्यालय अनामनगरमा रन्जिता र रेशम पक्षका नेताहरुबीच कुटाकुट भएको थियो ।
यसैबीच,पार्टी संस्थापनक रेशमले यही चैत २३ र २४ गते केन्द्रीय समितिकाे बैठक डाकेका छन् । याे बैठकले श्रेष्ठ पक्षकालाई प्रतिशाेधकाे शैलीमा कारबाही गर्ने चाैधरीले संकेत गरिसकेका छन् ।