काठमाण्डौ, १२ वैशाख । नेपाल र कतारबीच उच्च स्तरिय बार्ता सँम्पन्न भएको छ । काठमाण्डौको सोल्टी होटलमा भएको बार्तामा दुबै देशले सहकार्य गर्ने सम्बन्धमा १ सम्झौता र ७ समझदारी गरेका छन । सरकारी तहमा ६ वटा र निजी क्षेत्रसँग दुईटा समझदारी भएका हुन । कतारका अमिर शेख तमिम बिन हमाद अलथानीको दुईदिने नेपाल भ्रमणको दोस्रो दिन भएको वार्तामा उक्त सहमति र सँझोता भएको हो ।
नेपालको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारको तर्फबाट अमिर तमिमसहितको प्रतिनिधिमण्डलबीच भएको वार्तापछि दुईदेशका मन्त्रीहरूबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालका परराष्ट्र सल्लाहकार रुपक सापकोटाका अनुसार ६ वटामध्ये एउटा क्षेत्रमा मात्रै सम्झौता भएको छ । राष्ट्रिय समाचार समिति (रासस) र कतार समाचार समिति (क्यूएनए) बीच समाचार आदानप्रदान गर्ने विषयमा सम्झौता भएको हो । बाँकी ५ वटा समझदारीमा कला संस्कृति, शिक्षा, युवा र खेलकुद, कूटनीतिक तालिम र कानुनी निकायहरूबीच सहकार्यसम्बन्धी छन् । दुईटा समझदारी नेपाल उद्योग वाणिज्य महासंघ र कतार चेम्बर अफ कमर्सबीच भएका हुन् । गैसरकारी स्तरमा भएको सम्झौतामा नेपालमा संयुक्त व्यापार परिषद् स्थापना गर्ने उल्लेख छ ।
यसैबिच कतरका अमिरको नेपाल भ्रमणका बेला हुने भनिएको महत्वपुर्ण श्रम सँझोता भने हुन सकेन । नेपालले उठाएको न्यूनतम पारिश्रम तोक्ने बिषय र कतार ले भन्दै आएको ‘आफ्ना श्रमिकको ज्याला आफै तोक’ बिचको असमझदारीले श्रम सँझौता हुन नसकेको बुझिएको छ ।
सहमति र सँझौताका बुँदाहरु