भारतसँगकाे सीमा नाका तीन दिन बन्द

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ महिना अगाडि

जनकपुर । भारतमा हुने लोकसभा निर्वाचनका कारण जयनगर–जनकपुर–भङ्गहा रेल सेवा अाजदेखि तीन दिनसम्म बन्द गरिने भएको छ ।

भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय निर्वाचन क्षेत्रमा ७ मे २०२४ (वैशाख २५) मा लोकसभा चुनाव हुन लागकोले रेल सेवा तीन दिन बन्द रहेन नेपाल रेल्वे कम्पनी लिमिटेडद्वारा जारी सूचनामा जनाइएको छ । 

यस्तै, निर्वाचनलाई मध्यनजर गर्दै विराटनगरको सिमानाका जोगबनी नाका पनि तीन दिन बन्द गरिएकाे छ ।जिल्ला सुरक्षा समिति मोरङको निर्णयअनुसार जोगबनी नाका अाजसाँझ ६ बजे देखि बैशाख २५ गते राति १२ बजे सम्म नाका सिल गरिने भएको हो ।यसैगरी मोरङको सिमा क्षेत्र पनि सिल गरिएको छ ।