पत्रकार महासँघको निर्बाचन अनिश्चित, अध्यक्षका आकाँक्षी भने चार जाना

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , प्रदेश , प्रवास , स्थानीय निर्वाचन , ४ महिना अगाडि

काठमाण्डौ, ९ जेठ । नेपाल पत्रकार महासँघको आगामी जेठ २६ गते हुने भनिएको निर्बाचन अनिश्चित बन्दै गएको छ । महासँघले शुरु गरेको सदस्यता शुद्धिकरण नटुङ्गिएकोले निर्धारित समयमा चुनाब हुनेमा शँका बढ्दै गएको हो । महासँघले बैशाख मसान्त भित्र सदस्यता शुद्धिकरणको पाटो टुङग्याएर जेठ २६मा निर्बाचन गर्ने घोषणा गरेपनि सदस्यको नामावलीनै सार्बजनिक गर्न नसकेपछी कसरी निर्बाचन सँम्भब होला र ? पत्रकारहरुले शँका गर्न थालेका छन ।
चुनाब हुने निश्चितता नभएपनि बर्तमान पदाधिकारी एबँ आकाँक्षीहरु चुनाब प्रचारमा तल्लीन देखिन थालेका छन । अनौपचारीक जानकारी अनुसार हालसम्म ४ जनाको अध्यक्षमा दाबी रहेको बुझिएको छ । जसमा बर्तमान बरिष्ठ उपाध्यक्ष रमेश बिष्ट, बर्तमान महासचिब रोसन पुरी, गत निर्बाचनको उप बिचेता निर्मला शर्मा तथा अन्नपुर्ण पोष्टका प्रधान सँम्पादक अखण्ड भण्डारीले अध्यक्षमा दाबि पेश गर्ने सँम्भाबना छ ।