मुटुमा समस्या देखिएपछि कैलाश सिरोहिया अस्पताल भर्ना

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ४ महिना अगाडि

काठमाडाैं । प्रहरी हिरासतमा रहेका कान्तिपुरका प्रकाशक कैलाश सिरोहिया उच्च रक्तचाप र मुटुको चालमा गडबडी आएपछि अस्पताल भर्ना भएका छन् ।नागरिकता सम्बन्धी मुद्दामा चार दिनदेखि प्रहरी हिरासतमा रहेका सिरोहियाको स्वास्थ्यमा समस्या उत्पन्न भएपछि शुक्रबार साँझ जनकपुरस्थित प्रादेशिक अस्पताल भर्ना गरिएकोमा त्यहाँ न्युरोलोजी लगायतको परीक्षण गर्ने सुविधा उपलब्ध नभएपछि काव्या अस्पताल लगिएको छ । 

डायबेटिज, उच्च रक्तचाप लगायतका समस्या भोगिरहेका सिरोहियालाई टाउको दुख्ने, रिंगटा लाग्ने, छाती दुख्ने जस्ता समस्या आएपछि  अस्पतालमा भर्ना गरेको हाे ।उनलाई मुटुको चालमा कठिनाई परेको र रिंगटा लागेको थाहा पाएपछि परिवारले तुरुन्त अस्पताल पठाउन आग्रह गरेका थिए । चिकित्सकहरुले सिरोहियाको पछिल्लो अवस्थाबारे कार्डियोलोजिस्ट डा ओममूर्ति अनिललाई टेलिफोनमार्फत ब्रिफिङ गराएका छन् । 

मंगलबार कान्तिपुर अफिसबाट गिरफ्तार सिरोहियालाई प्रहरीले जनकपुर लगेको थियो ।कान्तिपुरले गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै शृंखलाबद्ध रिपोर्ट प्रकाशित गर्दैआएकाले प्रतिशोधपूर्वक आफूलाई गिरफ्तार गरिएको सिरोहियाले बताउँदै आएका छन् । उनलाई थप तीन दिन हिरासत राख्न शुक्रबार म्याद थप गरिएकाे छ।