गण्डकीका मुख्यमन्त्री अधिकारी पदमुक्त, कांग्रेसका पाण्डेलाई नियुक्ति गर्न परमादेश

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , प्रदेश , ३ महिना अगाडि

काठमाडाैं । सर्वोच्च अदालतले गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएको फैसला सुनाएको छ ।

अधिकारीले लिएको विश्वासको मत अवैधानिक ठहर गर्दै सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र सुनील पोखरेलको इजलासले ठूलो दलको हैसियतमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा सभामुख कृष्णप्रसाद धितालले ३० जनाको समर्थनमै मुख्यमन्त्री खगराजले विश्वासको मत पाएको घोषणा गरेका थिए । सभामुख समेत सामेल भएर अधिकारीलाई विश्वासको मत दिलाएपछि कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे सर्वोच्च गएका थिए ।