सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

NewsBankNepal Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ४ महिना अगाडि

काठमाडाै‌ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिएको छ। न्यायाधीश यदुराज शर्माको एकल इजलासले सिरोहियालाई थप तीन दिन हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

प्रहरीले भने पाँच दिनको म्याद थप गर्न अनुमति मागेको थियो। उच्च रक्तचाप र मुटुमा समस्या देखिएपछि सिरोहिया प्रहरीको निगरानीमा तीन दिनदेखि काव्या अस्पताल उपचाररत छन्। उनलाई आज सोही अस्पतालको एम्बुलेन्समा अदालतसम्म ल्याइएको थियो।

सिरोहियालाई दुई पटक ३/३ दिन हिरासतमा राख्न अनुमति दिएको थियो।नागरिकता सम्बन्धी कसुरमा नागरिकता किर्ते गरेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाले जेठ ८ गते अदालतबाट पक्राउ अनुमति लिएको थियो।