कविता बेचेर क्यान्सर उपचार गर्दै कवी न्यौपाने, भोली तेस्रो कृती सार्बजनिक हुँदै

Dipak Pudasaini Latest Update , News/समाचार , प्रवास , साहित्य , साहित्य/ पुस्तक , ३ महिना अगाडि

काठमाण्डौ, जेठ १८ । वैदेशिक रोजगारीको क्रममा कुवेतमा काम गर्दा गर्दै बोनम्यारो क्यान्सर भएका कवि नवराज न्यौपानेको कविता संग्रह ‘सपनाका लहरहरु भाग ३’ आगामी जेठ–१९ गते शनिवार काठमाण्डौंमा विमोचन गरिने भएको छ । करिव दुई वर्ष देखी क्यान्सर रोगसंग लडिरहेका कविको उपचार खर्च सहयोगार्थ उनकै कविता संग्रह सार्बजानिक गर्न लागिएको हो । ललितपुरको ब्लड हस्पिटलमा उपचार गराइ रहेका नवराजको तेह्रौँ किमो भर्खरै सकिएको छ । हरेक २८ दिनमा किमो गर्नु पर्ने र यो उपचार बिधी महँगो हुने भएकाले आफ्ना कविता संग्रहहरु खरिद गरी सहयोग गर्न कविले सबैलाइ अनुरोध गरेका छन् । नेपालकै पहिलो कविता रियालिटी शो ‘द पोईट आईडल’ मा समेत सहभागी भएका कवि नवराजको यस अगाडी पनि कविता संग्रह सपनाका लहरहरु भाग १ र २ प्रकाशति भइसकेका छन् भने उनका केही गितहरू रेकर्डेट भएका छन्। क्यान्सर जस्तो रोगसँग झुधिरहेका कवि नवराजको मनोबल बढाउन र उनले अस्पतालकै सैयामा लेखेको कविता संग्रह ‘सपनाका लहरहरु भाग ३’ विमोचन कार्यक्रमको प्रमुख अतिथि वाग्मती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण पूर्व मन्त्री अरुण नेपाल र विशेष अतिथि सुनकोशी गाँउपालिकाका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सीना रहने छन् ।