न्यूराेडमा फुटपाथ बढाउन महानगरपालिकाले भत्काएकाे सडक डिभिजन सडक कार्यालयले कालोपत्रे गर्याे

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ४ महिना अगाडि

काठमाडाैं । काठमाडौं महानगरपालिकाले न्यूराेडमा फुटपाथ बढाउनका लागि भत्काएको बाटो डिभिजन सडक कार्यालय काठमाडौंले कालोपत्रे गरेको छ ।  भत्काएको सडक सम्याउन महानगरलाई दिएको निर्देशन अटेरी गरेपछि विभागले आफैं कालोपत्रे गर्न थालेको हो । 

काठमाडौं महानगरपालिकाले न्यूरोडको फुटपाथ क्षेत्र विस्तार गर्ने भन्दै जेठ १२ मा इन्द्रचोकदेखि जुद्धशालिकतर्फ जाने विशालबजार अगाडिको सडकको कालोपत्रे काटेको थियो ।

सडक विभागले पिच गर्न थालेपछि सोही विषयलाई लिएर सडक विभाग र नगर प्रहरीबिच विवाद भएको छ ।