श्रममन्त्रीले साउने देखी श्रमिक सँग भर्चुअल सँम्बाद गर्ने

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , प्रदेश , प्रवास , ३ महिना अगाडि

काठमाण्डौ, २ असार । श्रम तथा रोजगार मन्त्री डिपी अर्यालले ‘श्रमिकसँग श्रममन्त्री’ भर्चुअल संवाद सुरु गर्ने भएका छन। ‘आन्तरिक र वैदेशिक रोजगारीमा भएका श्रमिकका कुराहरु सुन्न भर्चुअल संवाद साउँनदेखि सुरुवात गर्ने तयारी गरेको मन्त्री अर्यालले आज मन्त्रालयमा आयोजना गरेको पत्रकार सँम्मेलनमा जानकारी दिएका हुन । पत्रकार सँम्मेलनमा मन्त्री अर्याले वैदेशिक रोजगारीमा गएर मृत्यु भएका श्रमिकका परिवारले पाउने क्षतिपूर्ति बढाउने तयारी गरिएको पनि जानकारी दिए ।

आफ्नो सय दिनको उपलब्धि सुनाउँदै श्रम मन्त्री अर्यालले वैदेशिक रोजगारीमा गएर मृत्यु भएका श्रमिकका परिवारलाई दिदै आएको क्षतिपूर्ति रकम ७ लाखबाट बढाएर १० लाख पुर्‍याउने तयारी गरेको बताएका हुन् ।
मन्त्री अर्यालले मन्त्रालयको जिम्मेवारी सम्हालेको सय दिनका उपलब्धि सुनाउँदै मन्त्रालयबाट तत्काल सुधारका र नीतिगत सुधारका कामहरु भएको पनि बताए । ‘श्रम स्वीकृति लिने प्रक्रियालाई चुस्त बनाएर एक घण्टाभित्रै श्रम स्वीकृति लिन सकिने व्यवस्था गरेका छौं, उनले भने, ‘यद्यपि, सोचेजस्तो हुन सकेका छैन, सुधारको काम बाँकी छ ।’

यस्तै श्रमिकका लागि श्रमाधान योजना अघि बढाएको बताए । जस अन्तर्गत श्रमिकको गुनासो सुन्न र जिज्ञशा मेटाउान श्रमाधान कल सेक्टर सुरु गरेको पनि जानकारी गराए ।
यस्तै युवाले देशभित्रै काम पाउने वातावरण निर्माण गर्ने उद्दश्यले मन्त्रालयले देशभरका सातैवटा प्रदेशमा श्रमाधान रोजगार मेला सञ्चालन गरिएको जानकारी दिदै मन्त्री अर्यालले वैदेशिक रोजगारीमा जादा श्रमिकलाई लाग्ने आर्थिक भार, अंग्रेजीमा भाषा अनिवार्य गर्ने जस्ता विवास्पद कार्यविधि खारेज गर्ने नीतिगत सुधारका काम भएको पनि बताए । उनले आगामी साउन देखीनै अनलाइनबाटै मागपत्र प्रमाणीकरण गर्ने तयारी भइरहेको समेत बताए ।