नब सृजनशिल सहकारीले फरक क्षमता भएका नागरिकहरुलाइ सहयोग गर्यो

Dipak Pudasaini Business/अर्थ ब्यापार , Latest Update , News/समाचार , प्रदेश , ४ महिना अगाडि

काठमाण्डौ ५ असार । नव सृजनशिल बचत तथा ऋण सहकारी सँस्था चाबहिलले आफ्नो स्थापना दिवसको अवसर पारेर काठमाडौ महानगरपालिका वडा न ७ मौजुबहालमा रहेको सृजनशिल अपाङ्ग आवाज नेपाललाई आवश्यक ४ थान स्टिल बेड सहयोग गरेको छ । १७ औ स्थापना दिवसको अबसरमा सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत सृजनशिल अपाङ्ग आवाज नेपाललाई सहयोग गरेको हो ।
समाजमा रहेका यस्तै फरक क्षमता भएका समुदायमा, समाजका विभिन्न क्षेत्रमा, सामुदायिक बिद्यालयमा , सदस्यहरुले प्रत्यक्ष्य या परोक्ष सरोकार राख्ने स्थानहरुमा हरेक बर्ष केही न केही कार्यक्रम गर्दै आइरहेको र यस्तै कार्य आगामी दिनहरुमा पनि निरन्तर रहने नब सिर्जनशिल सहकारीका अध्यक्ष विश्वनाथ अर्यालले जानकारी दिनुभयो ।


सृजनशिल अपाङ्ग आवाज नेपालले अपाङ्ग र अनाथ बालबालिकाहरु लाई कक्षा १ देखि १२ सम्म पठन पाठन गराउने, रोजगारी दिलाउने, तथा सिपमुलक तालिम दिलाउने र गरि खान सक्षम बनाउने प्रयास गरेको संस्था कि संचालक तुलसा के सि ले जानकारी दिनुभयो । विभिन्न संघ संस्था तथा राज्यका निकायहरुबाट धेरैले आश्वासन दिए पनि सर सहयोग भने धेरै नै न्यून हुने गरेको जानकारी सँचालक के सि ले गराउनू भयो ।
सहयोगी संस्था र सहयोग गर्ने निकाय कम भएकोले हाल संचालनमा रहेको संस्थाको दैनिक आवश्यकता पूरा गर्न कठिन रहेको छ । मासिक भाडा भुक्तानी र संस्थामा आश्रय लिइरहेका अपाङ्ग अनाथ बालबालिकाको दैनिक रेखदेखको लागि निरन्तर सहयोग आवश्यक पर्ने गरेको र संस्थाले गरेको सहयोग सह्रनिय भएको भन्दै यस्तै सहयोग र सहयोगको पहल संस्थाले गरिदिए हुन्थ्यो भन्ने सँचालक केसीको अपेक्षा थियो ।
२०६५ साल असार ४ गते विधिवत रुपमा स्थापना भएको नब सिर्जनशिल सहकारीमा हाल १ हजार ५ सय भन्दा बढी शेयर सदस्य छन भने सहकारीको कार्यालय काठमाण्डौको चाबहिलमा छ ।