‘मिस ग्राण्ड नेपाल–२०२४ हुँदै’, ग्राण्ड फिनाले ११ भदौमा

Dipak Pudasaini Business/अर्थ ब्यापार , Entertainment/मनोरञ्जन , Latest Update , News/समाचार , ३ महिना अगाडि

काठमाण्डौ, १० असार । आगामी महिना सौन्दर्य प्रतियोगिता मिस ग्राण्ड नेपाल २०२४ हुने भएको छ । आयोजक संस्था उमङ्ग क्रिएशनले दिएको जानकारी अनुसार आगामी महिना हुने प्रतियोगिताको ग्राण्ड फिनाले भदौ ११ हुने छ । प्रतियोगिताको विजेतालाई ‘मिस ग्राण्ड इन्टरनेसनल–२०२४’ मा नेपालको प्रतिनिधित्व गराउँदै विदेश पठाइने आयोजक संस्था उमङ्ग क्रिएसनका प्रवन्ध निर्देशक उद्धव अधिकारीलेबताएका छन ।
यो प्रतियोगिताका विजेताले नेपालको सबैभन्दा महँगो ताज पहिरिने बताउँदै अधिकारीले भने– ‘प्रतियोगितामा सहभागिता जनाउनको लागि १८ देखि २९ वर्ष उमेर समूहका अविवाहित महिलाहरुले आवेदन दिन सक्ने छन् ।’ आबेदन खुल्ला भै सकेको प्रतियोगितामा सहभागिता जनाउनका उमंग क्रिएसनको वेबसाइटमा गएर आवेदन फाराम गर्न सकिने छ अधिकारीले भने ।
उमङ्ग क्रिएशनले विश्वकै सबैभन्दा प्रतिष्ठित प्रतियोगिता ‘मिस ग्राण्ड इन्टरनेशनलको फ्रेन्चाइज सन् २०२३ देखि लिएको थियो । प्रशान्त ताम्राकार मिस ग्राण्ड नेपाल २०२४ को आधिकारिक कोरियोग्राफर, पेजेन्ट तथा शो डाइरेक्टरको रुपमा रहेका छन् । प्रतिभावान तथा क्षमतावान युवतीहरुलाई अन्तर्राष्ट्रिय स्तरको प्लेटफर्म प्रदान गर्नका लागि यो कार्यक्रम आयोजना गर्न लागिएको ताम्राकारले बताए ।
उमंग क्रिएसनले पहिलो पटक आयोजना गर्न लागेको ‘मिस ग्राण्ड इन्टरनेशनल’ को यो नेपाल फ्रेन्चाइजीको नारा ‘ब्रेभ, बोल्ड एण्ड ब्यूटिफुल’ राखेको छ ।