रामबहादुर बम्जन बाल यौन दुरुचारमा दोषी ठहर

NewsBankNepal Banner Headline with Image , Latest Update , News/समाचार , ३ महिना अगाडि


सर्लाही । कथित तपस्वी रामबहादुर बम्जनलाई बाल यौन दुरुचारमा दोषी ठहर गरिएकाे छ ।सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बम्जनलाई बाल यौन दूराचार गरेको कसुर गरेको ठहर गरेकाे हाे । अब उनलाई कति कैद सजाय हुने भन्ने अन्तिम फैसला भने यही असार १७ गते हुनेछ ।

सरकारी वकिलको कार्यालयले उक्त मुद्दामा बमजनलाई अधिकतम १४ वर्षसम्म जेल सजाय हुनुपर्ने मागदाबी गरेको छ।

बमजन फरार नै रहेको समयमा २०७७ असारमा सरकारी वकिलको कार्यालयले उनीविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २४ पुस २०८० मा काठमाडौंबाट पक्राउ गरेको थियो ।