नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध

NewsBankNepal Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ३ महिना अगाडि

चितवन ।नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत जलवीरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

आज बिहानदेखि परेको अविरल वर्षाका कारण पहिरो खसेपछि अवरुद्ध सडक भएको हो।हाल पानी परिरहेकाले द्रुत गतिमा पहिरो पन्छाउन समस्या भएको नेपाल प्रहरीका एसएसपी विश्व अधिकारीले जानकारी दिए।

पहिरोले दुईतर्फ नै गाडी गुड्न सकेका छैन। पानी परिरहेकोले बाटो खुलाउन गाह्रो भएको उनको भनाइ छ। बाटाे अवरूद्ध हुँदा सयाै सवारीहरू अलपत्र परेका छन् ।