एसइईको नतिजा सार्वजनिक,५२. १४ प्रतिशत परीक्षार्थी ननग्रेड

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ३ महिना अगाडि

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका चार लाख ६४ हजार सात सय ८५ जनामध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

नियमिततर्फ दुई लाख ४२ हजार ९२ जना विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक
नन्दलाल पौडेलले जानकारी दिए । उत्तीर्ण भएकामध्ये एक सय ८६ जनाले ४ जिपीए ल्याएका छन् ।परीक्षामा सहभागी भएकामध्ये ५२ दशमलव १४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् । उनीहरुले पुनः ग्रेड वृद्धि परीक्षामा सहभागी हुनुपर्नेछ ।

एसईईको मौका परीक्षा साउन १८ र १९ गते हुने भएको छ। बोर्डका अनुसार २०८० सालको एसईईमा दुई लाख ४२ हजार ३१४ विद्यार्थी फेल अर्थात (एनजी) भएका छन्।जसमध्ये एक लाख १५ हजार ८३४ विद्यार्थीले मौका परीक्षा ९कम्पार्ड० दिन पाउने भएका छन्।

परीक्षा नियन्त्रक पौडेलले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको जानकारी दिए। दुई सय २१ जनाको परीक्षा रद्द भएको पनि उनले बताए।