बूढीगण्डकी करिडोर विकास प्राधिकरण गठनको माग गर्दै बाबुरामले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ४ महिना अगाडि

काठमाडाैं । नेपाल समाजवादी पार्टीले बुढीगण्डकी करिडोर बहुउद्देश्यीय आयोजना सम्पन्न गर्नका लागि बुढीगण्डकी करिडोर विकास प्राधिकरण गठन गर्न प्रधानमन्त्री समक्ष माग गरेकाे छ ।

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले साे माग गर्दै प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएका छन्।

ज्ञापन पत्रमा बुढीगण्डकी करिडोर बहुउद्देश्यीय आयोजनालाई विद्युत प्राधिकरण अन्तर्गतको सहायक कम्पनीको रुपमा रहेको कमजोर संरचना खारेज गर्न र अधिकार र साधन स्रोत सम्पन्न बुढीगण्डकी करिडोर विकास प्राधिकरण तुरुन्त गठन गर्न माग गरिएको पूर्व प्रधानमन्त्री डा. भट्टराईले जानकारी दिए।

त्यस्तै प्राधिकरणमार्फत समग्र बुढीगण्डकी करिडोर विकासका काम तीव्रताका साथ अगाडि बढाउन माग गरिएको छ।आयोजना प्रभावित नागरिकका जायज मागलाई पनि यथाशीघ्र सम्बोधन गर्न ज्ञापनपत्रमार्फत माग गरिएको छ ।