स्याङ्जा र बागलुङमा पहिरोले पुरिएर चार जनाकाे मृत्यु

NewsBankNepal Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ४ महिना अगाडि

स्याङ्जा ।  स्याङ्जामा पहिरोले घर पुरिंदा आमाछोरीको मृत्यु भएको छ । फेदी खोला गाउँपालिका वडा नं. ५ बाँगेमा अविरल बर्षासँगै गएको पहिरोले घरगोठ पुरिँदा ३१ वर्षीया दुर्गा जिटी र निजकी छोरी तीन वर्षीया निकिसा जिटीको मृत्यु भएको हो । 

प्रहरी नायब उपरीक्षक इन्द्र बहादुर रानाले आमा छोरीको घटना स्थमलै मृत्यु भएको बताए । दुई दिन मात्रै आँधी खोलाले बगाएर एक जनाकाे मृत्यु भएको थियो । 

यस्तै, उता बागलुङको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा वृद्ध दम्पती घरसहित पहिरोमा पुरिएका छन् ।

बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती गएराति पहिरोमा पुरिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए । अहिले घटनास्थलमा प्रहरी टोली पठाइएको छ ।