गुल्मी र स्याङजामा पहिरोमा परी ७ जनाको मृत्यु

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ४ महिना अगाडि

गुल्मी । गुल्मी र स्याङ्गजा पहिरोमा पुरिएर ७ जनाको जनाको मृत्यु भएको छ । गुल्मीको मालिका गाउँपालिका वडानम्बर–६ कडेल पाटामा रहेको भेषबहादुर कामीको घर पहिरोले पुर्दा एकै परिवारका ५ जनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

पहिरोमा पुरिएर मृत्यु हुनेमा ५५ बर्षिय भेष बहादुर कामी, उनकी श्रीमती ४८ बर्षिय सुन्तली कामी, बुहारी २६ वर्षिय सिता बिक, नातिनिहरु ८ वर्षकी सपना बिकर र, ८ महिनाकी बिपना बिक रहेका छन् ।
घर माथिबाट ढुङ्गा ,माटो सहितको पहिरोले भेषबहादुर कामीको ढुङ्गा माटोले बनेको २ तले टिनले छाएको घर पुरेको हो ।

त्यसै गरी स्याङजाको फेदी खोला गाउँपालिका वडा नं. ५ बाँगेमा अविरल बर्षासँगै गएको पहिरोले घरगोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ । ढुङ्गा माटो र टिनले छाएको एक तले घर गोठँको २५ मिटर माथिबाट आएको पहिरोले पुरिँदा ३१ वर्षीया दुर्गा जिटी र निजकी छोरी तीन वर्षीया निकिसा जिटीको मृत्यु भएको हो ।आमा छोरीको घटना स्थमलै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै यता बागलुङको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा वृद्ध दम्पती घरसहित पहिरोमा पुरिएका छन् । बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती गए राति पहिरोमा पुरिएका प्रहरीले जनाएको छ ।