रोल्पामा जीप दुर्घटना सात जनाको मृत्यु

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ३ महिना अगाडि

राेल्पा । रोल्पामा भएकाे जीप दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । माडी गाउँपालिका–२ घर्ती गाउँबाट वडा नं.४ तालाबाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जीप सोमबार बेलुका करिब ६ बजेतिर परेवा छहरा भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

मृत्यु हुनेमा माडी गाउँपालिका–३ तालाबाङका ३३ वर्षीया जुनमाया खड्का, ७७ वर्षीय खडकबहादुर डाँगी, माडी गाउँपालिका–३ दाबाङकी ३० वर्षीया अमृता घर्ती, उनकी १८ महिनाकी छोरी रहेकी छिन् । यसै गरी परिवर्तन गाउँपालिका–२ राङ्सीकी ३३ वर्षीया रामकली पुन र ७० वर्षीय झुपलाल डाँगीको पनि दुर्घटनामा मृत्यु भएकाे छ। मृत्यु मध्ये एकको सनाखत हुन बाँकी रहेको प्रहरी जनाएको छ । 

जीप चालक परिवर्तन गाउँपालिका–२ नाफेका ४५ वर्षीय दीपक थापा सहित ८ जना घाइतेलाई थप उपचारको लागि रेउघा जिल्ला अस्पतालमा रिफर गरिएको छ ।  चालक सहित जीपमा १५ जना सवार थिए । जीप सडकबाट करिब चार सय मिटर तल पुगेको प्रहरीले बताएको छ ।