प्रधानमन्त्री प्रचण्डले यही २८ गते विश्वासको मत लिने

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , २ महिना अगाडि

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २८ गते विश्वासको मत लिने भएका छन् ।संविधानत सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्छ ।एमालेले बुधबार मन्त्रीहरुलाई फिर्ता बोलाएर समर्थन फिर्ता लिएको थियो । प्रधानमन्त्री दाहालले संघीय संसद्का महासचिवलाई पत्र लेखेर २८ गतेको संसद् बैठकमा विश्वासको मत लिने कार्यसूची राख्न आग्रह गरेका हुन् ।

२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ, तर अहिले प्रधानमन्त्री प्रचण्डसँग आफनै पार्टीको ३२, रास्वपाको २१, एकीकृत समाजवादीको १० र अशोक राई नेतृत्वको जसपाको ७ गरेर ७९ मत मात्र छ ।जब कि संसद्का दुई ठूला दल कांग्रेसको ८८ र एमालेको ७९ गरी १६७ मत देखिन्छ ।यी दुई दलबीच केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भइसकेको छ ।