बुसाङ र भुटानमा खेल्ने कराते खेलाडीको बिदाइ

Dipak Pudasaini Business/अर्थ ब्यापार , Entertainment/मनोरञ्जन , Latest Update , News/समाचार , Sports/खेलकुद , ३ महिना अगाडि

आठौं दक्षिण एसियाली कराते प्रतियोगिता खेल्ले खेलाडीलाई एक समारोह बिच बिदाई गरिएको छ । भुटानको लागी छनौट भएका खेलाडी तथा कोरिया को बुसाङ्गमा हुने अन्तराष्ट्रिय कराते प्रतियोगिताका लागी छनौट भएका खेलाडीहरुलाई बिदाई गरिएको हो ।

सोतोकान कराते डो संघ एसकेडी युएन का केन्द्रिय महासचिव गोविन्द श्रेष्ठले एक कार्यक्रममा गरि खेलाडी हरुलाई सफलताको शुभकामना दिदै बिदाइ गर्नुभएको हो । कोरिया को बुसाङ्ग अन्तराष्ट्रिय प्रतीयोगीतामा छनौट खेलाडीहरुमा चित्र प्रसाद श्रेष्ठ र अनिल ठोकर छन भने भुटानको लागी छनौट खेलाडीमा अजय तामाङ्ग रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।