प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन एमालेको ह्विप

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , २ महिना अगाडि

काठमाडाैं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले यही असार २८ गते प्रतिनिधिसभा बैठकमा लिने विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । 

एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री दाहालले राखेको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेका हुन्।

प्रधानमन्त्री दाहालले यही असार २८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् । एमालेले त्यस दिन पार्टीका सम्पूर्ण प्रतिनिधिसभा सदस्यलाई अनिवार्य उपस्थित हुन पनि भनेकाे छ ।