भारतको उत्तर प्रदेशमा बस र दुध बोकेको ट्याङ्‍कर ठाेकिँदा १८ जनाको मृत्यु, १९ घाइते

NewsBankNepal Latest Update , प्रवास , २ महिना अगाडि

उत्तर प्रदेश ।भारतको उत्तर प्रदेशस्थित लखनउ–आग्रा एक्स्प्रेस वेमा दुई तले अर्थात् डबल डेकर बसले दुध बोकेको ट्याङकरलाई ठक्कर दिँदा १८ जनाको मृत्यु भएको छ । आज बिहान साढे पाँच बजे लखनउ–आग्रा एक्सप्रेस वेमा भएको दुर्घटनामा कम्तीमा १९ जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दुर्घटना लगत्तै स्थानीय प्रहरी घटनास्थलमा पुगी उद्धारमा खटिएको थियो । घाइतेहरुलाई उपचारका लागि नजिकैको अस्पतालमा भर्ना गरिएको छ । घाइतेमध्ये चार जनालाई उत्तर प्रदेशको ट्रमा सेन्टर लगिएको छ ।डबल डेकर बस बिहारबाट राजधानी दिल्ली जाँदै थियो ।

उक्त दुर्घटनाप्रति उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले समवेदना व्यक्त गर्दै घाइतेकाे उचित उपचारका प्रवन्ध गर्ने निर्देशन दिएका छन् ।