अस्थिरता निम्त्याउने काम भएपछि कांग्रेससँग मिल्यौँ : ओली

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , Uncategorised , २ महिना अगाडि

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दलगत स्वार्थलाई केन्द्र भागमा राखेर अस्थिरता निम्त्याउने क्रमलाई रोक्न एमाले र कांग्रेस मिलेको बताएका छन् ।

उनले विकास निर्माण र जनताका आवश्यकता तथा कामलाई केन्द्र भागमा नराख्दा भ्रष्टाचारतिर देशलाई लैजाने काम भएपछि आफूहरू मिलेको स्पष्ट पारे । एमाले र नेपाली कांग्रेस मिल्दा संविधान अराजकता, अन्योलता र अस्थिरतातिर गएको भन्नेकुरा भ्रम फैलाउन गरिएको बताएका छन् ।
अध्यक्ष ओलीले संविधान गतिशील, समाजको पथप्रदर्शक भएकाले संविधानको समयानुकुल परिमार्जन हुने भन्दै नेपाली कांग्रेस—एमालेबीच संविधान संशोधनका लागि आयोग बनाउने सहमति नभएको बताए।

उनले अनुभवबाट प्राप्त परिवर्तन, परिमार्जन, सुधार आवश्यक भए त्यसमा आधारित रहेर संविधान संशोधन गर्ने सहमति भए पनि निश्चित बुँदा तोकेर निस्कर्षमा नपुगेको बताए ।