त्रिशूली नदीमा दुई वटा बस खस्याे, ६२ यात्रु बेपत्ता,३ जना हाम फालेर बाँचे

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , २ महिना अगाडि

चितवन । चितवनको नारायणगढ – मुग्लिन सडकखण्डमा आज विहान पहिरोले दुईवटा यात्रु बसलाई बगाएर त्रिशूली नदीमा खसालेको छ । त्रिशूली नदीमा दुईवटा बस खस्दा त्यसमा सवार ६५ जना यात्रु समेत वेपत्ता भएका छन् ।

प्रहरीका अनुसार वीरगञ्जबाट काठमाडौंतर्फ आइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स बसलाई आज बिहान करिब साढे ३ बजेतिर सिमताल भन्ने स्थानमा लेदो माटोसहितको पहिरोले बगाएर त्रिशूली नदीमा खसालेको थियो ।

बीरगन्जबाट आएको गाडीमा २४ जना र गणपति डिलक्समा ४१ जना यात्रु गरी ६५ जना सवार रहेको प्रहरीले जनाएकाे छ । गणपति डिलक्स बसबाट हाम फालेर ३ यात्रुले ज्यान बचाएका छन् ।

उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं १७ गण चितवनबाट बाट ३५ जना र बिपद ब्यबस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोर सहित २० जना परिचालन भएका छन् । त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस अझैसम्म फेला पार्न सकिएको छैन ।

यसैगरी, आज बिहान ३ बजे नारायणगढ–मुग्लिन सडक खण्डमा ढुंगाले लागेर बस चालकको मृत्युभएको छ । बुटवलबाट काठमाण्डौँतर्फ जाँदै गरेको लु २ ख ६५६६ नं।को बसलाई अचानक माथिबाट लेदो सहित ढुङ्गा खसेर लाग्दा गम्भीर घाइते भएका नवलपरासी सुनवल नगरपालिका–४ बस्ने बर्ष ३६ को मेगनाथ बिकको उपचारको क्रममा मृत्यु भएको हो ।