सिमलताल दुर्घटनामा बेपत्ता भएकाका आफन्त र परिवारलाई निःशुल्क बास, र खाना

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , प्रदेश , ३ महिना अगाडि

काठमाण्डौ, २९ असार । नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा हिजो बिहान भएको बस दुर्घटनामा परि बेपत्ता भएकाका आफन्त तथा परिवारलाई होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेशले निशुल्क आवास तथा खानाको ब्यबस्था गरेको छ । सँघका अध्यक्ष दामोदर नेपालले हिजो एक बिज्ञप्ती जारी गर्दै उक्त जानकारी गराउनू भएको हो । अध्यक्ष नेपाल द्धवारा जारी बिज्ञप्तीमा भनिएको छ । नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा आज बिहान भएको बस दुर्घटना प्रति दुःख व्यक्त गर्दै उक्त दुर्घटनामा परी घाइते भएका घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ । साथै उक्त दुर्घटनामा परी बेपत्ता नागरिकहरुको खोजि कार्यका लागि आउनु हुने परिवारका सदस्यहरु एवं आफन्तजनहरुको सहजिकरणका लागि होटल व्यवसायी महासंघ नेपाल, होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेश र होटल व्यवसायी संघ चितवनका साथीहरुद्वारा निःशुल्क होटल बास र खानाको व्यवस्था गरिएको जानकारी गराउँदै सोको लागि महासंघ, प्रदेश संघ र जिल्ला संघ सँग सम्पर्क गर्नु हुन अनुरोध गर्दछौँ। साथै, दुर्घटनाबाट पीडित परिवारका सदस्यहरु घटना स्थलतर्फ जानको लागि आवश्यक पर्दा निःशुल्क यातायातको समेत प्रवन्ध मिलाईएको जानकारी गराउँदछौं।