ओली मन्त्रिपरिषद्ले पहिलो दिनमै पायो पूर्णता,को-को बने मन्त्री?

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , २ महिना अगाडि

काठमाडाैं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले पहिलो दिनमै पूर्णता पाएको छ । २२ वटै मन्त्रालयहरुमा मन्त्री नियुक्त भइ सोमबार नै शपथ लिएका छन् ।
यसपटक गठबन्धनका दलहरूले प्रधानमन्त्रीको शपथ अघि नै मन्त्रालयको भागबन्डा र मन्त्रीहरूको नाम टुंगो लगाएका हुन् ।  । एमाले र कांग्रेस बीचको सहमति अनुसार एमालेले ९ र कांग्रेसले १० वटा मन्त्रालय सम्हालेका छन् ।

उपप्रधानमन्त्रीसहित सहरी विकास मन्त्रीमा प्रकाशमान सिंह, उपप्रधानमन्त्रीसहित अर्थमन्त्रीमा विष्णु पौडेल, सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा पृथ्वी सुब्बा गुरुङ, गृहमन्त्रीमा रमेश लेखक, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा शरदसिंह भण्डारी र परराष्ट्रमन्त्रीको जिम्मेवारी डा. आरजु राणाले सम्हाल्नुभएको छ ।

यस्तै प्रदीप यादव खानेपानी मन्त्री, बलराम अधिकारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री, दामोदर भण्डारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, नवलकिशोर शाह सुडी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री, देवेन्द्र दाहाल भौतिक पूर्वाधार तथा यातायातमन्त्री र तेजुलाल चौधरी युवा तथा खेलकुद मन्त्री बन्नु भएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी विद्या भट्टराईले पाउनु भएको छ भने मानवीर राईले रक्षा मन्त्रालय सम्हाल्नु भएको छ ।

यस्तै प्रदीप पौडेल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री, अजयकुमार चौरासिया कानुन न्याय तथा संसदीय मामिला मन्त्री, बद्री पाण्डे संस्कृति पर्यटन तथा नागरिक उड्डयन र रामनाथ अधिकारी कृषि तथा पशुपन्छी विकास मन्त्री बन्नु भएको छ ।

दीपक खड्कालाई ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सुम्पिएको छ भने राजकुमार गुप्ताले सङघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ । यस्तै ऐनबहादुर शाही ठकुरी वन तथा वातावरण मन्त्री बन्नु भएको छ ।