प्रधानमन्त्रीको मुख्य राजनीतिक सल्लाहकारमा रिमाल र विकास सल्लाहकारमा पूर्वअर्थमन्त्री खतिवडा नियुक्त

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , २ महिना अगाडि

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको मुख्य राजनीतिक सल्लाहकारमा विष्णु रिमाल र विकास सल्लाहकारमा पूर्वअर्थमन्त्री युवराज खतिवडा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई नियुक्त गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङका अनुसार बिहीबारको मन्त्रिपरिषद् बैठकले केही महत्त्वपूर्ण नियुक्ति गरेको जानकारी दिए।

सरकारले मन्त्रीपरिषद्का राजनीतिक, प्रशासन, आर्थिक पूर्वाधार, विधेयक र सामाजिक समितिको संयोजक तोकेको छ । जसमा राजनीतिक समितिको संयोजकमा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, प्रशासन समितिको संयोजकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सामाजिक समितिको संयोजकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, विधेयक समितिको संयोजकमा गृहमन्त्री रमेश लेखक र आर्थिक पूर्वाधार समितिको संयोजकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल तोक्ने निर्णय हो ।

प्रवक्ता गुरुङका अनुसार मन्त्रिपरिषद् बैठकले नयाँ दिल्लीमा आयोजना हुने युनेस्को विश्व सम्पदा समितिको ४६ औं बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेयलाई साउन ६ देखि ११ सम्म सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णयसमेत गरेको छ ।