एमालेसँगको सात बुँदे सहमति कार्यान्वयन हुनेमा महामन्त्री थापाको आशंका

अहिले नै संविधान संशोधनको कुरा नगराैं

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , २ महिना अगाडि

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमालेसँग गरिएको सात बुँदे लिखित सहमति कार्यान्वयन हुनेमा आशंका व्यक्त गर्दै त्यसबारे प्रधानमन्त्रीले भोलि संसदबाट स्पष्ट पार्नुपर्ने बताएका छन् ।
शनिवार भएकाउ एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले एमाले अध्यक्ष ओलीबाट विगतमा पनि धेरैपटक धोकाधडीको राजनीति भएकाले सरकार आलोपालोमा चलाउने लगायतका दुई पार्टीबीच भएको लिखित ७ बुँदे सहमति कार्यान्वयन हुनेमा सबै मानिसमा संशय रहेको बताए ।

सहमतिलाई कसरी अघि बढाउने भन्नेमा प्रधानमन्त्री ओली नै प्रमुख जिम्मेवार रहेको महामन्त्री थापाले बाताए । उनले कांग्रेसका कारण सत्ता गठबन्धनमा कुनै खटपट नआउने समेत दाबी गरे । महामन्त्री थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अन्य दललाई सधैँभरि झुक्क्याउन सक्छु भन्ने भ्रम र चकचकको कारणले नै कांग्रेस र एमालेले मिलेर सरकार बनाउनुपर्ने अवस्था आएको दाबी गरे ।

दुई ठूला दल मिलेर स्थिर सरकार बन्नुमात्र ठूलो कुरा नभएको भन्दै थापाले यसबाट नागरिकले के लाभ पाउँछन् त्यो ठूलो कुरा भएको बताए । कांग्रेस एमालेबीचको सहमतिका कारण कुनै पनि गैरकानुनी काम र भ्रष्टाचारमा उन्मुक्ति पाउन नहुने पनि बताए ।

महामन्त्री थापाले कांग्रेस र एमालेमात्र मिलेर संविधान संशोधन गर्न नसकिने हुनाले तत्काल यो विषयमा प्रवेश नगर्न सुझाव दिएका छन् । उनले पहिले सुशासनको काम गरेर विश्वासको वातावरण बनाउनुपर्ने बताए ।