प्रधानमन्त्री ओलीलाई दुई तिहाइ सांसदको समर्थन

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ३ महिना अगाडि

काठमाडाैं ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुई तिहाइ सांसदको समर्थन पाएका छन् ।प्रतिनिधिसभामा उपस्थित २६३ मध्ये ओलीको पक्षमा १८८ मत परेको थियो । विपक्षमा ७४ मत पर्‍यो भने मत दिन्न भन्नेमा १ मत परेको छ ।

प्रतिनिधिसभामा ओलीको पक्षमा कांग्रेस, एमाले, जसपा, जसपा नेपाल, जनमत पार्टी, लोसपा लगायतका दलको समर्थन छन् । माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी चाहिँ ओलीको विपक्षमा उभिए । गत आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री ओलीले संविधानको प्रावधानअनुसार विश्वासको मत लिएका हुन् ।