राष्ट्रपतिको दौडबाट बाइडन बाहिरिए,अब कमलालाई समर्थन

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , NLP Algorithms , Politics/राजनीति , प्रवास , २ महिना अगाडि

काठमाण्डौ, ७ साउन । चार महिना पछि हुन लागेको चुनाबी दौडबाट आफु बाहिरिएको अमेरिकी राष्ट्रपति जो बाइडनले घोषणा गरेका छन । राष्ट्र र पार्टी हितको लागि आफूले उम्मेदवारी फिर्ता लिने निर्णय गरेको बताउँदै बाइडेनले डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतीय उम्मेदवारका रूपमा कमला ह्यारिसको नाम सिफारिसको साजिक सन्जालमा एक्समा स्ट्याटस लेख्दै जानकारी गराएका हुन ।

आफ्नो यो निर्णयबारे सार्वजनिक जानकारी दिन यसै हप्ता राष्ट्रका नाममा सम्बोधन गर्ने पनि बाइडेनले उल्लेख गरेका छन । बाइडनले सामाजिक सञ्जालमा लेख्दै आफू राष्ट्रपति पदमा दोस्रो पटक प्रतिस्पर्धा गर्न चाहे पनि देश र पार्टीको हितका लागि उम्मेदवारी फिर्ता लिएर पूरा ध्यान बाँकी कार्यकालको जिम्मेवारीमा लगाउने बताएका छन ।
डेमोक्रेटिक पार्टीका तर्फबाट अब नयाँ उम्मेदवारको प्रतिस्पर्धामा उपराष्ट्रपति कमला ह्यारिस अघि हुने भए पनि उहाँले पार्टीको प्राइमरी जितेर आउनुपर्ने हुन्छ ।
आउँदो राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका तर्फबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिस्पर्धा गर्दै छन । अघिल्लो महिना बाइडेन र ट्रम्पबीच भएको बहसमा बाइडनको प्रदर्शन कमजोर रहेपछि डेमोक्रेटिक नेता बाइडनमाथि उम्मेदवारी फिर्ता लिन पार्टी भित्रै बाट दवाब बढेको थियो ।