गुरु पुर्णिमामा गुरुहरुलेनै रुख रोप्नु भो

Dipak Pudasaini Education , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , प्रदेश , २ महिना अगाडि

काठमाण्डौ, ७ साउन । काठमाण्डौको उत्तरपुर्बी भेगमा रहेको शहिद आदर्श क्याम्पस परिसरमा हिजो बिहान बेग्लै रौनक थियो । गुरु पुर्णिमाका अबसरमा देश बिदेशमा गुरुहरुलाई सम्मान र सँम्झना गरिरहँदा उक्त क्याम्पस परिसरमा भने गुरुहरु बिरुवा रोप्दै हुनुहुन्यो ।


२०६३ सालमा स्थापना भएर श्री आदर्श उच्च माबिको भबनमा सन्चालन हुँदै आएको क्याम्पसले यसैबर्ष नयाँ भबन पाएको थियो । नयाँ भबनमा कक्षा सन्चालन भएपनि भबन परिसर खालि देखिएपछी गुरुहरु आफैले रकम जम्मा गरी बिरुवा खरिद तथा बृक्षा रोपण गर्नु भएको हो ।

एपोकाडो, ज्रकाण्ड, धुपी, कपुर लगायतका ५४ बिरुवा रोपिएको क्याम्पस प्रमुख बिष्णु प्रसाद फुँयालले जानकारी दिनुभयो ।


बृक्षा रोपण समारोह कागेश्वरी मनोहरा नगरपालिका वडा नँ ३ का अध्यक्ष राममणि पुडासैनीको प्रमुख आतिथ्यतामा भएको थियो ।

क्याम्पस सन्चालक समितीका अध्यक्ष रामशरण ढुँगानाको सभापतित्वमा भएको कार्यक्रममा पुर्ब शिक्षक एबँ शिक्षासेबी ८७ बर्षिय कृष्ण प्रसाद पुडासैनी, श्री आदर्श उच्च माबिका प्रधान अध्यापक बिश्वनाथ पोखरेल, शिक्षकहरु तथा क्याम्पसका बिधार्थीहरुको सहभागिता थियो ।
उक्त अबसरमा बिधार्थीहरुको गुरुहरुलाई सम्मान समेत गरेका थिए ।