सौर्य एयरलाइन्सको बिमान दुर्घटना, घाइते क्याप्टेन अस्पतालमा अन्य १८ जनाको निधन

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , प्रदेश , प्रविधि , २ महिना अगाडि

काठमाण्डौ, ९ साउन । काठमाण्डौबाट पोखराको लागि उडेको सौर्य एयरलाइन्सको बिमानमा सवार १९ मध्धे १८ जनाको घटना स्थलमै निधन भएको छ । क्याप्टेन मनिष शाक्यलाई भने घाइते अबस्थामा उद्धार गरी उपचारकालागी सिनामँगलस्थित काठमाण्डौ मेडिकल कलेजमा भर्ना गरिएको छ ।
केएमसी अस्पताल उच्च स्रोतकाअनुसार उनको अवस्था खतरामुक्त छ । कुराकानी गर्नसक्ने अवस्थामा रहेका क्याप्टेन शाक्यकाे अनुहारमा ठूलो चोट लागेको छ ।

दुर्घटनामा मृत्यु भएका १८ जनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । शव पहिचानको कार्य जारी रहेको अस्पताल स्रोतले जनाएको छ ।  त्रिवि अस्पतालमा अहिले दुर्घटनामा परेका परिवारजनको भिड लागेको छ । दुईवटा शवको पहिचान गर्न सकिने अवस्थामा छन् बाँकीको शव जलेर चिन्न नसकिने अवस्थामा छ ।

बुधबार बिहान ११ बजेर ११ मिनेट जाँदा त्रिभुवन विमानस्थलबाट पोखरा जान लागेको सौर्य एयरको जहाज उड्नेवित्तिकै रनवेकाे पूर्वतिर रहेकाे स्थानमा दुर्घटनाग्रस्त भएकाे हाे । जहाज रनवे छेउमा रहेको कन्टेनरमा ठोक्किएको र दुई टुक्रा भएको थियो ।

बिमानमा रहेका चालक दलका सदस्य तथा कर्मचारीहरु


परिक्षण उडानका क्रममा रहेको बिमानमा सौर्य एयरलाइन्सकै १७ कर्मचारी र चालकदलका २ जना सदस्य रहेको बिमानस्थल श्रोतले जानकारी दिएको छ । दुर्घटनाको जानकारी लिन प्रधानमन्त्री केपी वली गृहमन्त्री रमेश लेखक लगायत बिशिष्ठ ब्यक्तिहरुको दुर्घटना स्थलमा पुग्न थालेका छन ।