विमान दुर्घटनाकाे शाेकमा राष्ट्रिय झण्डा आधा झुकाइयाे, जाँचबुझ गर्न ५ सदस्यीय छानविन समिति गठन

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , २ महिना अगाडि


काठमाडौँ, ९ साउन । सरकारले सौर्य एयर दुर्घटनाकाे सत्य तथ्य छानविन गर्न ५ सदस्यीय छानविन समिति गठन गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बुधबार वसेको मन्त्रिपरिषद्काे
आकश्मिक बैठकले नागरिक उड्यन प्राधिकरणका पूर्व महानिर्देशक रतिशचन्द्र लाल सुमनको संयोजकत्वमा छानविन समिति गठन गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बी सुब्बा गुरुङले जानकारी दिनु भयो ।

छानविन समितिका सदस्यहरुमा दिपराज ज्वारचन नेपाल वायुसेवा निगमका क्याप्टेन, प्राध्यापक डा सुदीप भट्टराइ पुल्चोक इन्जिनियरिङ क्याम्पस सञ्जय अधिकारी श्री एयरलाइन्सका कर्मचारी, मुकेश ढंगोल सदस्य सचिव, हवाइ ट्राफिक कन्ट्रोल अफिसर नागरिक उड्यन प्राधिकरण रहनुभएको छ ।आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन आवश्यक सुझाव सहित ४५ दिन भित्र प्रतिवेदन पेश गर्न जिम्मेवारी दिइएको छ ।बैठकले दुर्घटनामा परी मृत्यु भएकाहरु प्रति श्रद्धाञ्जलि तथा परिवारजनमा समवेदना प्रकट गरेको छ ।

त्यसैगरी विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि बैठकले गरेको छ ।